खोटाङ दिप्रुङ चुइचुम्माका ८०० घरलाई पानी पुर्याउन सुनकोशी खानेपानी आयोजना
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ ।
खानेपानी मन्त्रालयको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार छ सय ५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एक÷एक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सु...












