सुनसरी । नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।पार्टीको केन्द्रीय परिपत्रअनुसार समुदायमा कांग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।केन्द्रीय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रीय प्रतिनिधि प्रदीपकुमार सुनुवारसहितको उपस्थितिमा भएको छलफल कार्यक्रमबाट सबै वडाका लागि प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो ।


वडामा गएको प्रतिनिधिले वडा तहमा रहेको जनताको समस्या, समाधानको उपाय, पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टीका कार्यकर्ताबिचमा रहेका मतभेद, कृषि, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका समस्या समाधानका लागि पहल गर्ने पार्टीका जिल्ला प्रवक्ता साहले जानकारी दिनुभयो ।

कार्यक्रम पार्टीका जिल्ला सभापति केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि सुनुवारसहित पार्टीका नगेशचन्द्र राई, पङ्कज महतो, सञ्जय श्रेष्ठ, सिताराम मेहता, राजन मेहता, सुदिप अधिकारी, युवराज दाहाल, विभिन्न पालिकाका सभापतिलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia