बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो, सुनुवाइ सुरु
सर्लाही । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही समक्ष प्रस्तुत गरिएको छ ।
जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो ।
उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम...












