कोशीमा शनिबार विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी
विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् ।
उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री ...












