हराएका सिमाना खाेज्दै पैदल यात्रामा निस्किए सुनसरीका सिडिओ सहित सुरक्षा अधिकारी
इटहरी । सुनसरीस्थित नेपाल-भारत सीमाक्षेत्रमा पाँच दिने पैदल यात्रा थालिएको छ। जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार नेपाल-भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा ५ दिने सीमा पैदल यात्रा तथा अन्तक्रिया यही आइतबारबाट थालिएको हो। भारतसँग सीमा जोडिएको सुनसरीको ६१.९ किलोमिटर सीमा इलाकाको संयुक्त अनुगमन थालिएको हो। अनुगमनका क्रममा सीमा सरोकारबारे स्थानीयबासीसँग संवाद पनि गरिँदैछ।
सीमा पैदल यात्राका क...












