पूर्वेली क्लबकाे प्रथम वार्षिकाेत्सव , आजिवन सदस्यहरूलाइ प्रमाणपत्र बितरण
इटहरी । सुनसरीको इटहरीस्थित पूर्वेली क्लबले शनिवार प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष झलक बनको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक सदस्य तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष भक्त लामाले स्थापनाको छोटो समयमै क्लबले बेग्लै पहिचान बनाइ सकेको भन्दै आगामी दिनमा अझ प्रगतीकाे शुभकामना...












