उदयपुर । उदयपुरको आठ पालिकामा हालसम्ममा १५ हजार पशु चौपायलाई लम्पी स्किन रोगविरुद्धखोप दिइएको छ ।
जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो ।

सबैभन्दा बढी खोप जिल्लाको त्रियुगा नगरपालिकाभित्रका पशुलाई लगाइएको पनि जिल्ला भेटेरेनरी तथा पशुसेवा कार्यालय उदयपुरले बताएको छ । अहिलेसम्म जिल्लाको बजेटले औषधि खरिद गरेर जिल्लाभरिका कुल ६० प्रतिशत पशु चौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य पूरा भएको प्रमुख साहले

अब ४० प्रतिशत पशु चौपायालाई जिल्लामा खोप लगाउन बाँकी रहेको प्रमुख साहले बताएका छन् । गत चैतदेखि उदयपुरका पशु चौपायामा देखापरेको लम्पी स्किनका कारण हालसम्ममा जिल्लामा करिब पाँच सय ६० पशु चौपाया मरेका छन् भने २० हजारभन्दा बढी संक्रमित भएका उनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia