काठमाडाै पुगेर मेयर साम्पाङले भने : गोरु काटिनुमा मेरो कुनै हात छैन
इटहरी । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको तथा हिन्दू मन्दिरअगाडि चर्च बनाएको विषयमा विवाद भएपछि निषेधाज्ञा नै जारी गर्नुपर्ने अवस्था आएको छ। सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नबिथोलियोस् भनेर स्थानीय प्रशासनले धरानमा शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हाे।
यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धार्मिक तथा साम्प्रदायिक विवाद निम्त्याउ...











