इनरूवामा प्रहरी कार्यालयकाे बहुउद्देश्यीय सभाहल उदघाटन
इनरूवा । स्थानीय तह, समुदाय र आन्तरिक श्रोत साधन एवं प्रहरी कर्मचारीहरुको श्रमदानबाट निर्माण गरिएकाे जिल्ला प्रहरी कार्यालय अन्तरगत बहुउद्देश्यीय सभाहलको समुदघाटन सम्पन्न भएकाे छ । काेशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक राजेशनाथ बास्ताेलाले उक्त भवनकाे समुदघाटन गरेका हुन ।
कार्यक्रममा सुनसरीका बिभिन्न पालिकाहरूका प्रमुख, उपप्रमुख, प्रहरी अधिकारी, उद्योग बाणिज्य संघका पदाधिकारी, समुद...












