एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले भने, ‘म त सपनामा पनि एमाले नै देख्छु’
इटहरी । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता तथा केन्द्रीय कमिटी सचिव राजेन्द्र राईले आफूले सपनामा पनि एमाले नै देख्ने र भाषण गर्ने गरेको बताएका छन् ।आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई ‘एमालेमै फर्किऊँ, फर्किऊँ जस्तो लागेको’ पनि बताए । ‘तर, एमालेले पेल्ने नीति अझै लिएको छ । यस्तोमा अहिले नै मत माग्दा दिन सकिँद...












