इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले आज (बिहीबार) बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री काकीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।प्रदेश सभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । नेकपा (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।कार्की नेकपा (एमाले) का ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । प्रदेश सभामा कुल ९३ सदस्य रहेकामा विश्वासको मत लागि ४७ मत आवश्यक पर्दछ । जसपाले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहनेछ । कोशीमा जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia