उदयपुरमा मोवाइल चार्जमा राखेर फोन गर्दा करेन्ट लागेर मृत्यु
उदयपुर । चार्जमा राखेको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ । शनिबार बिहान ११ बजे चार्जमा राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लाग्दा उदयपुरगढी गाउपालिका–७ चम्पेडाडाका ६८ वर्षीय ओमान सिङ भुजेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार चार्जमा राखेर फोनमा कुरा गर्दै गर्दा अकस्मात करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको ...












