धरानकाे जंगलमा चाैधरी हत्या प्रकरण : ८ राउन्ड गोलीसहित धरानका युनेश पक्राउ

धरानकाे जंगलमा चाैधरी हत्या प्रकरण : ८ राउन्ड गोलीसहित धरानका युनेश पक्राउ
इटहरी । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा गोली हानी युवकको हत्यामा संलग्न आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न आरोपमा धरान उपमहानगरपालिका ४ का २७ वर्षीय ज्याङ्लो भन्ने युनेश राईलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ८ राउन्ड गोलीसमेत बरामद गरेको छ। उनलाई पक्राउ गरेर घर खानतलासी गर्दा महिलाले बोक्ने झोलामा ७.६५ एमएम को ८ राउन्ड गोली बरामद गरेको हो। सा...

इटहरीकाे एकेएम ग्रुपमा उमहानगरको छडके अनुगमन : मासिक ६० हजारकाे प्रलाेभन देखाएर झुटाे बिज्ञापन

इटहरीकाे एकेएम ग्रुपमा उमहानगरको छडके अनुगमन : मासिक ६० हजारकाे प्रलाेभन देखाएर झुटाे बिज्ञापन
इटहरी । सामाजिक सञ्जालहरुमा आर्कषक तलव सुविधा देखाउने इटहरीको एकेएम गु्रपमा इटहरी उपमहानगरपालिकाले छडके अनुगमन गरेकाे छ । सामाजिक सञ्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आईतवारछडके अनुगमन गरेकाे हो । विशेष गरि पूर्वी पहाडी जिल्लाहरुबाट पढ्न आएका युवा युवतीहरुलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलिले ग्रुपमा अनुगमन गरे...

कोशी प्रदेशमा साढे ६ हजार पशु मरे, एक महिनामै दोब्बर क्षति

कोशी प्रदेशमा साढे ६ हजार पशु मरे, एक महिनामै दोब्बर क्षति
इटहरी । कोशी प्रदेश पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय विराटनगरले दिएको जानकारी अनुसार साउन १८ गतेसम्ममा ६ हजार ६१४ वटा गाई/गोरु र ७२ वटा राँगा भैँसी मरेका छन् । निर्देशनालयका निमित्त निर्देशक डा.पशुपति ढुंगानाका अनुसार कोशी प्रदेशमा हालसम्म २ लाख ३७ हजार ४२१ वटा पशुचौपाया प्रभावित भएका छन् । यस्तै प्रदेशमा हालसम्म १ लाख ३२ हजार ३४९ वटा पशुचौपायालाई खोप लगाइएको छ । ढुंगानाका अनुसार पहाडी जिल...

काेशी प्रदेशमा हिकमत कार्की सरकारकाे कार्यकाल : तालिम र भ्रमण भत्तामै दुई अर्ब स्वाहा

काेशी प्रदेशमा हिकमत कार्की सरकारकाे कार्यकाल : तालिम र भ्रमण भत्तामै दुई अर्ब स्वाहा
इटहरी । कोशी प्रदेश सरकारको आथिर्क वर्ष ०७९/०८० मा तालिम र भ्रमण भत्तामै दुई अर्बभन्दा बढी रकम स्वाहा भएको छ । तालिम, गोष्ठी र कार्यक्रमका नाममा दुई अर्ब रकम खर्च भएको छ भने बैठक भत्ता, भ्रमण खर्चका नाममा थप १६ करोडभन्दा बढी रकम सिद्धिएको हो । पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २५ प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो । गत पुस २४ गते गठन भएको कार्की नेतृत्वको सरकारले मा...

झापामा ज्याला वृद्धिको माग गर्दै चिया मजदुरको प्रदर्शन

झापामा ज्याला वृद्धिको माग गर्दै चिया मजदुरको प्रदर्शन
झापा । झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राखेका छन् । चिया मजदुर आवद्ध सङ्गठनले सो मागसँगै आज काँकडभिट्टामा प्रदर्शन समेत गरेका छन् । श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ति डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था लागू गर्नुपर्ने कृृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए । तीन वर...

उजाडिँदै भोजपुरको ऐतिहासिक ‘टक्सार’ बजार

उजाडिँदै भोजपुरको ऐतिहासिक ‘टक्सार’ बजार
भोजपुर । बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्रँदै गएको छ । कतिपय घरहरु भत्किन थालेका छन् । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को ना...

इलाममा फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

इलाममा फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता
इलाम । पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउँछन् । तर, उनको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ । ‘विसं २०६७ मै एक सय ५० झ्याङ रापेर किबीखेती सुरु गरेको हुँ’, उनी मनको बह पोख्दै भन्छन्, ‘यसपाली साह्रै राम्रो फलेक...

‘लम्पी स्किन’ रोगको महामारी : खोटाङमा ७३६ गाई–गोरु मरे , ४३१ वटा प्रभावित

‘लम्पी स्किन’ रोगको महामारी : खोटाङमा ७३६ गाई–गोरु मरे , ४३१ वटा प्रभावित
खोटाङ । देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाईरगोरु मरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुङ्गा गाउँपालिकमा २१, रावाबेँसी गाउँपालिकामा ८४ र साकेला गाउँपालिकामा ६५...

झापामा ड्रागन फलले मुल्य पाएन, मारमा छन किसान

झापामा ड्रागन फलले मुल्य पाएन, मारमा छन किसान
झापा । युट्युबमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,’ झापा गौरीगञ्ज गाउँपालिका–२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका भूपेन्द्र थापा भन्छन्, ‘त्यत्रो लगानी र मेहनत गरियो । अहिले उत्पादन बेच्ने बेलामा बजारमा दामै न...

आजकाे माैसम : काेशी प्रदेशमा मध्यम वर्षा, चार प्रदेशमा हावाहुरी सहितकाे वर्षा

आजकाे माैसम : काेशी प्रदेशमा मध्यम वर्षा, चार प्रदेशमा हावाहुरी सहितकाे वर्षा
इटहरी । नेपालमा अहिले मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहन...
trusted online casino malaysia