डेङ्गुबाट संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा
धरान । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उहाँले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।
मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसह...












