झापा कारागारका चाैकीदार शिवाकोटी र पूर्व भाई चाैकीदार शेर्पाकाे सरूवा
झापा । भद्रपुरस्थित झापा जिल्ला कारागारका चाैकीदार लयप्रसाद शिवाकोटी र पूर्व भाई चाैकीदार पासाङ शेर्पा (कुमार) काे अन्यत्र सरूवा गरिएकाे छ । कारागार प्रशासनले भाई चाैकीदार मनाेज लवातीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दाेलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेकाे थियाे ।
कारागारकाे तनावपूर्णस्थित तत्काल नियन्त्रणमा ...











