कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
इटहरी । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले दायर गरेको रिटको सुनुवाइ आज (आइतबार) हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो ।
त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । कार्कीले प्रदेश...












