छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई बिद्यालयकाे अनुमती खारेज
इटहरी । इटहरी उपमहानगरले दिएको निर्देशन नमानेको भन्दै दुई निजी विद्यालयको सञ्चालन अनुमति रद्ध गरेको छ । तोकिएको समय अवधि भित्र छात्रवृत्ति विवरण नबुझाउने इटहरीका संस्थागत निजी विद्यालयहरूको कक्षा सञ्चालन अनुमति रद्ध गरेको हो ।
इटहरी उपमहानगर ६ मा सञ्चालित इटहरी चिल्ड्रेन स्कुल र वडा नं १० मा सञ्चालित इटहरी नमुना स्कुलको कक्षा अनुमति रद्ध गरेको हो । छात्रवृत्ति विवरण बुझाउन तिन पटक सम्म म्याद थप...












