माेरङकाे पथरीशनिश्चरेमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी
मोरङ । जंगली च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का एकै परिवारका चार जना बिरामी भएका छन् । मंगलबार राति जंगली च्याउ खाँदा पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता बिरामी भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
जंगली च्याउ खाएर बिरामी भएका उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइर...












