कोशीका मुख्यमन्त्रीको चुनौति : बलमिच्याइँ गरी सत्ता परिवर्तनको सपना नदेखे हुन्छ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रमा सत्ता गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकार नफेरिने दाबी गरेका छन् । आज (शुक्रबार) मोरङको ग्रामथान गाउँपालिकामा आयोजित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले बलमिच्याइँ गरी सत्ता परिवर्तनको प्रयास गर्नेलाई दिवास्वप्न नदेख्न आग्रह गरे ।
संविधान बाहिर एक इञ्च पनि सरकार नजाने बताउँदै मुख्यमन्त्र...












