वनमा लागेको डढेलो गाउँ पस्दा खाेटाङमा ३ घर जले, २० लाख भन्दा धेरैको क्षति
खाेटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ। बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर जलेर नष्ट भएको हो।
गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले आगोबाट जोगाउन सफल भएको जिल्ल...












