इटहरी । नेपाल जेसिजकाे आगामी ५१ अाैं राष्ट्रिय महाधिवेशनकाे सम्मेलन निर्देशकमा दिपक ढकाल चयन भएका छन् । आज इटहरी जेसिजकाे साधारणसभा बाट सर्वसम्मत ढकाल चयन भएका हुन् । ढकाल इटहरी जेसिजकाे बर्ष २०१६ का अध्यक्ष हुन् ।
ढकालकाे पालामा इटहरी जेसिजले बर्षभरी धेरै सामाजिक काम गरेकाे थियाे । उनकै पालामा जेसिजले इटहरी रनकाे आयाेजना गराएर निकै चर्चा कमाएकाे थियाे।
जेसिजकाे ५१ अाैं महाधिवेशनका लागि इटहरी जेसिजले बिरगंजमा भएकाे महाधिवेशनमा इटहरीमा गर्ने प्रस्ताव गरेकाे थियाे । इटहरीले गरेकाे प्रस्तावमा सबै शाखाले समर्थन गरेका थिए ।
अधिबेशनमा देश भरीका विभिन्न शाखा बाट १० हजार बढिकाे उपस्थिति रहने छ । महाधिवेशन ३ दिन सम्म चल्नेछ । यस अघि २००६ मा इटहरीमा राष्ट्रिय अधिवेशन भएकाे थियो ।









