कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय सैनिक रिहा

कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय सैनिक रिहा
एजेन्सी । जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्व कर्मचारीलाई कतारले रिहा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारत सरकारले ठूलो कूटनीतिक जित हासिल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भार...

फेसबुक लाइभ गरिरहेका बेला शिव सेनाका पूर्व काउन्सिलरमाथि गोली प्रहार

फेसबुक लाइभ गरिरहेका बेला शिव सेनाका पूर्व काउन्सिलरमाथि गोली प्रहार
एजेन्सी । भारतमा बिहीबार फेसबुक लाइभ गरिरहेका बेला शिवसेना (यूबीटी) का पूर्व काउन्सिलर अभिषेक घोसालकरमाथि गोली प्रहार गरिएको छ । मुम्बईमा उनलाई एक व्यक्तिले गोली हानेका हुन् । उनको अवस्था गम्भीर छ । उनलाई बोरिवलीको करुणा अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार गोली चलाउने व्यक्ति मौरिस नोरोन्हाले आक्रमणपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन् । फेस...

मलेसियाको हिरासतबाट १०० बढी रोहिंग्या शरणार्थी फरार, एकको मृत्यु

मलेसियाको हिरासतबाट १०० बढी रोहिंग्या शरणार्थी फरार, एकको मृत्यु
एजेन्सी । मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दंगा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नईम अस्नावीले एएफपीसँगको कुराकानीमा प...

भारत झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ

भारत झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ
एजेन्सी । भारत झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटालासम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । हिजो दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गए राति मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । ईडी सम्पत्ति शुद्धीक...

मलेसियाको १७ औं राजा बने सुल्तान इब्राहिम

मलेसियाको १७ औं राजा बने सुल्तान इब्राहिम
एजेन्सी । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबीच मलेसियाको १७ औं राजाको रूपमा शपथ लिएका छन् । पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्ने छन् । प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए । उनका पूर्ववर्ती पाहाङ राज्यका ...

स्वास्थ्यकर्मीको भेषमा अस्पताल पसे इजरायली सेना , गाेली हानी मारे प्यालेस्टाइनी

स्वास्थ्यकर्मीको भेषमा अस्पताल पसे इजरायली सेना , गाेली हानी मारे प्यालेस्टाइनी
एजेन्सी । गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन । तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ । इजरायली सैनिकहरूले ती व्यक्तिहरूले आतंकवादी हमलाको योजना बनाएको बताएका छन् । इजरायली कमाण्डोहरूले कब्जा गरिएको वेस्ट बैंकको जेनिनस्थित इब्न सिना अस्पतालमा तीन जनालाई मारेका थिए र उनीहरूले आतंकवादी...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले आज (मङ्गलवार) सिफर मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको हो । पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी एवं पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ । खान र कुरैशीमाथि पाकिस्तानको अत्यन्तै गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको...

ई-चुरोट ‘भेप’माथि प्रतिबन्ध लगाउँदै बेलायत, अन्य ३० देशमा पहिले नै प्रतिवन्ध

ई-चुरोट ‘भेप’माथि प्रतिबन्ध लगाउँदै बेलायत, अन्य ३० देशमा पहिले नै प्रतिवन्ध
एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युवाहरूमा भेपिङको बढ्दो प्रवृत्तिसँग सामना गर्नका लागि बेलायतले डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानून प्रस्तुत गर्ने सोमबार घोषणा गरेका छन । ‘तपाईं कुनै पनि आमाबुबा वा शिक्षकसँग कुरा गर्नुस् उनीहरूले बच्चाहरूमा भेपिङको चिन्ताजनक वृद्धिबारे कुरा गर्नेछन्’, उत्तरपूर्वी इङ्गल्यान्डको डार्लिङ्टनमा एक स्कुलको भ्रमणका क्रममा मिडियासँग सुनकले भने, ‘य...

भुटानमा तीन नेपालीभाषी बने मन्त्री, कसले पाए कुन मन्त्रालय ?

भुटानमा तीन नेपालीभाषी बने मन्त्री, कसले पाए कुन मन्त्रालय ?
एजेन्सी । भुटानमा तीन नेपाली भाषी मन्त्री बनेका छन् । भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ । शिक्षामन्त्रीमा ड...

पानीका अणु भएको अर्को ग्रह भेटियो, मान्छे बस्न नमिल्ने

पानीका अणु भएको अर्को ग्रह भेटियो, मान्छे बस्न नमिल्ने
एजेन्सी । हबल स्पेस टेलिस्कोप प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीबाट ९७ प्रकाश वर्ष टाढा रहेको सानो ज्वलन्त–तातो एक्सोप्लानेटको वायुमण्डलमा पानीका अणुहरू पत्ता लगाएका छन्। जिजे ९८२७ डी नामको यो ग्रह पृथ्वीको व्यासको करिब दोब्बर रहेको छ र यसको वायुमण्डलमा पानीको वाफ भएको फेला परेको छ । पानी जीवनको लागि आवश्यक छ, जुन हामीलाई थाहा छ तर यो ग्रहले कुनै पनि प्रकारको जीवनको सम्भावना भने छैन किनभने यसको त...
trusted online casino malaysia