पुर्वमा अझै ४ दिन पानी नपर्ने
इनरुवा साउन ३ /मध्य वर्षातको समयमा टनटनापुर घामका कारण आजित बनेको पुर्वको जनजीवन सामान्य हुन कम्तिमा अझ ४ दिन लाग्ने देखिएको छ ।पानी नपरेका कारण सिचाई अभाव रहेका पूर्वका कतिपय स्थानमा अझ धान रोपाई हुन सकेको छैन् । खेतमा धाँजा फाट्न थालिसकेको छ । पानी पर्ने आशमा बसेका किसानको प्रतिक्षा थप केही दिन लम्बिने देखिएको हो ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पूर्वमा तत्काल भारी वर्षाको ...












