इनरुवा साउन ३ /मध्य वर्षातको समयमा टनटनापुर घामका कारण आजित बनेको पुर्वको जनजीवन सामान्य हुन कम्तिमा अझ ४ दिन लाग्ने देखिएको छ ।पानी नपरेका कारण सिचाई अभाव रहेका पूर्वका कतिपय स्थानमा अझ धान रोपाई हुन सकेको छैन् । खेतमा धाँजा फाट्न थालिसकेको छ । पानी पर्ने आशमा बसेका किसानको प्रतिक्षा थप केही दिन लम्बिने देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पूर्वमा तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको छ ।मनसुनको समय भएकाले छिटपुट वर्षा हुन सक्ने भएपनि न्यूनचापिय प्रणाली भारतको मध्य प्रदेश तर्फको भूभागमा सकृय रहेकाले नेपाली भूमितर्फ तत्काल छिटपुट बाहेक वर्षातको सम्भावना कम रहेको मौसमविद वरुण पौडेलको भनाई छ ।

इनरुवा अनलाइनका संवाददाता अमर काफ्लेसँगको कुराकानीमा मौसमविद पौडेलले भारतको मध्य प्रदेशमा रहेको केन्द्रीत बनेको पानी पार्ने मनसुनी चापिय प्रणाली नेपालको पूर्विभेग हुँदै नेपाल तर्फ प्रवेश गरेपश्चात मात्र औसत वर्षा हुने बताउनु भएको हो । जुन क्रमको सुरुवात आइतवार वा सोमबार पछि मात्र हुनेछ ।न्यूनचापिय प्रणली तल झरेको र बङगालको खाडीबाट समेत चापिय प्रणाली माथितिर बढ्न समय लाग्ने भएकाले नेपालको पूर्वि सहितको भेगमा आइतबार पछि मात्र बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा काठमाण्डौंले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia