असार १ देखि सप्तरीबाट नियमित उडान

असार १ देखि सप्तरीबाट नियमित उडान
राजविराज। श्री एयरलायन्सले राजविराजमा कार्यालय खोली राजविराज बिमानस्थलबाट नियमित उडान भर्ने तयारी गरेको छ । श्री एयरलायन्सका प्रतिनिधीहरुले राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै असार १ गतेदेखि नियमित उडान भर्ने तयारी रहेको बताउनुभयो । राजविराजस्थित जिल्ला समन्वय समितिको अगाडि मुल सडक मै श्री एयरलायन्सको कार्यालय स्थापना भइरहेको जानकारी गराउनुभयो । हामी जसरी पनि असार १ गतेदेखि विमानस्थलबाट जहाज...

स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने

स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने
काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले देशभरका जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मन्त्रिपरिषद्बाट स्वीकृत भएको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन कार्यान्वयनका लागि निर्देशन दि...

फास्ट ट्रयाकमा विश्व बैंकको ऋण

फास्ट ट्रयाकमा विश्व बैंकको ऋण
काठमाडौं, २४ जेठ ।   स्वदेशी लगानीमै बनाउने भन्दै सुरु गरिएको तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) मा सरकारले विश्व बैंकको ऋण प्रयोग गर्ने भएको छ । ७६.२ किमि लामो फास्ट ट्रयाक बनाउन आन्तरिक स्रोतको अभाव हुनुका साथै आगामी वर्षबाट निर्माणका लागि उल्लेख्य बजेट आवश्यक पर्ने भएपछि सरकारले विश्व बैंकको ऋण लिन लागेको हो । आगामी वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ ऋण रकम प्रयोग गरिनेछ ।  ‘विश्व बैंककै चासोअन...

सरकारले ३ महिनामै बाँड्यो १ करोड

सरकारले ३ महिनामै बाँड्यो १ करोड
काठमाडौं – सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो । कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका , विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिए पनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको हो । ...

ठेकेदार समात्न गृहलाई भनेका छैनौंः गौतम

ठेकेदार समात्न गृहलाई भनेका छैनौंः गौतम
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले समयमा काम सम्पन्न नगरेको भन्दै ठेकेदारलाइर्ए बारबाही गर्ने अभिव्यक्ति दिइरहेका बेला सडक विभागले अहिलेसम्म गृह मन्त्रालयसँग सहयोगका लागि आग्रह नगरिएको प्रस्ट पारेको छ । विभागले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिय ऐन, कानुनले तोकेअनुसार नै भइरहेको समेत जनाएको छ । समयमा काम नगर्ने ठेकेदारलाई सम्झौताअनुसार कारबाही गर्ने क्रम जारी रहेको विभागका ...

हुण्डी विरुद्ध प्रहरीको कडाई, अष्ट्रेलियाबाट यसरी भित्रिन्छ अवैध रकम

हुण्डी विरुद्ध प्रहरीको कडाई, अष्ट्रेलियाबाट यसरी भित्रिन्छ अवैध रकम
काठमाडौं, २४ जेठ । सुन तस्करी, खेलमा हुने सट्टेबाजी, घुसदेखि अपहरणजस्ता संगठित अपराधमा हुण्डीमार्फत अवैध कारोबार बढ्न थालेपछि प्रहरीले कडाई शुरु गरेको छ ।देशको अर्थतन्त्रको मेरुदण्ड बनेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत आउने हुँदा अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा देशमा भित्रिन नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अर्थ मन्त्रालयले हुण्डी कारोबारीविरुद्ध कारबाही गर्न ...

हिमालयन बैंकलाई राष्ट्र बैंकको अंकुश, श्रेष्ठ र राणाबीच विवाद

हिमालयन बैंकलाई राष्ट्र बैंकको अंकुश, श्रेष्ठ र राणाबीच विवाद
काठमाडौं, २४ जेठ । कर्जा प्रवाह र जग्गा खरिदमा विवाद नै विवादमा फसेको हिमालयन बैंकलाई राष्ट्र बैंकले अंकुश लगाउने तयारी गरेको छ ।राष्ट्र बैंकले शेयर स्वामित्वका आधारमा सञ्चालन समितिको व्यवस्था गर्न निर्देशन दिएसँगै बैंकभित्र लफडा बढेको छ । आइतबार राष्ट्र बैंकको पत्र आएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले शेयरधनीका आधारमा सञ्चालक समिति गठन गर्ने प्रक्रिया शुरु गरेका छन् ।शेयरधनीका आधार...

काठ तस्करहरू सशस्त्रकै गाडी !

काठ तस्करहरू सशस्त्रकै गाडी !
सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौँ सखुवाको काठ तस्करी गरेको खुलेको छ ।अरुण गुल्म खाँदवारी सखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति धनकुटाको मुलघाट पुर्याईएको थियो राति करिव ८ बजे मुलघाटस्थित तमोर पुलनजिक रहेको सशस्त्र प्रहरी छिन्ताङ गुल्मको चेक पोस्टमा ट्रक जाँच्ने क्रममा अवैध रुपमा करिव सय कयुबिक फिट सखुवाको चिरान काठ फेला परेको थियो । चेकपोष्...

स्थिरीकरण कोष लुकाएर इन्धनमा उच्च महँगी

स्थिरीकरण कोष लुकाएर इन्धनमा उच्च महँगी
काठमाडौ – नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ ।विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो । केपी ओली नेतृत्वमा सरकार गठन भएयता मुलुकमा पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ ।तर, इन्धनको मूल्य लगातार वृद्धि ह...

एनआइसी एसिया बैंक ह्याक प्रकरण : उत्तर कोरियाको ‘लजारुस ग्रुप’ले गरेको खुलासा

एनआइसी एसिया बैंक ह्याक प्रकरण : उत्तर कोरियाको ‘लजारुस ग्रुप’ले गरेको खुलासा
काठमाडौं, २३ जेठ । एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ ।३ कात्तिक ०७४ मा एनआइसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु-याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट पत्ता लागेको हो । सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी ...
trusted online casino malaysia