भूमाफियाद्वारा अख्तियारको निर्णय किर्ते
काठमाडौं, २७ चैत । भूमाफिया र बिचौलियाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नक्कली निर्णय र चिठी तयार भएको तथ्य फेला परेको छ । गोप्य रूपमा तयार पारिएका त्यस्ता नक्कली लेटरप्याड, छाप र हस्ताक्षरसहितका निर्णय र चिठी कब्जामा लिएर अख्तियारले प्रहरीको जिम्मा लगाएपछि बिचौलिया गिरोहको रहस्य खुलेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
राजधानीको केन्द्रमा रहेका बहुमूल्य जग्गा क...











