इनरुवा चैत्र २५ /हिरो मोटरसाइकलको अधिकृत विक्रेता ऊँ साई ग्लोबल अटो इनरुवाले सुनसरीको कोशी गाउँपालिका अन्र्तगत पश्चिम कुशाहाका नहर चौकमा औराबनीमा फ्रि सर्भिस क्याम्प सम्पन्न गरेको छ । हिरोको सेवा घरघरमा पुर्याउने लक्ष अनुरुप फ्रि सर्भिस क्याम्पको आयोजना गरिएको ऊँ साई ग्लोबल अटो इनरुवाका प्रोपाइटर विरेन्द्र साहले बताए । सर्भिस क्याम्पमा स्पेयर्स पार्ट्स र इन्जिन आलयमा विशेष छुट दिलाइएको साहले बताए ।

क्याम्पमा आउने हिरोका ग्राहककालागि मोटरसाइकल मर्मत वापतको लेवर चार्ज निःशुल्क उपलब्ध गराइएको थियो । स्पेयर्स पार्टसमा १० र इन्जिन आयलमा ५० प्रतिशत छुट दिइएको साहले बताए । सर्वसाधारणको चाहना र मागलाई मध्यनजर गर्दै फ्रि सर्भिस क्याम्प हरेक १५ दिनमा भिन्नाभिन्नै स्थानमा राखिने ऊँ साई ग्लोबल अटो इनरुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia