सुनसरीबाट भन्सार छलिका सामान बरामद
२९ असोज, इनरुवा। सुनसरी प्रहरीले विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरी भन्सार बुझाएको छ । प्रहरीले कोशी गाउँपालिका, इनरुवा र रामधुनी नगरपालिका क्षेत्रबाट ६२ हजार ७ सय मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको हो । बरामद कपडा लगायतका सामाग्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सुनसरी प्रहरीले जनाएको छ ।









