प्रदेश प्रमुखको तलब सुविधा

सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा गठन भएको अधिकारसम्पन्न प्रशासनिक पुनर्संरचना समितिले प्रदेश प्रमुखको सेवा–सुविधाको मस्यौदासमेत तयार पारेको छ । समितिले प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६७,२५० रुपैयाँ प्रस्ताव गरेको छ । यस्तै प्रदेश प्रमुखको आवास सुविधा सरकारले व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।  आवासमा फर्निचरलगायत सबै सेवा–सुविधाको व्यवस्था हुनेछ ।

यस्तै एकथान सवारीसाधन र त्यसका लागि आवश्यक पर्ने इन्धन र मर्मत खर्च पनि सरकारले उपलब्ध गराउनेछ । यस्तै प्रदेश प्रमुखले पदमा रहँदा र पदबाट बाहिर गएपछि पनि लगातार राज्यबाट उपचार खर्च पाउने व्यवस्था प्रस्ताव गरेको छ । अन्य सुविधा भने सरकारले पछि बनाउन सक्ने ऐनअनुसार हुने विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रदेश प्रमुखको कामप्रति अदालतमा प्रश्न उठाउन नपाइने

सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई जस्तै प्रदेश प्रमुखलाई पनि निरंकुश बनाउने गरी कानुनको मस्यौदा तयार पारेको छ । अधिकारसम्पन्न प्रशासनिक पुनर्संरचना समितिले प्रदेश प्रमुखको काम, कर्तव्य, अधिकार, पारिश्रमिक र सेवाका सर्त र सुविधासम्बन्धी कानुनको मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।

सो विधेयकमा प्रदेश प्रमुखले आफ्नो पदको कार्यसम्पादनका क्रममा गरेका कुनै पनि कार्यप्रति अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था गरेको हो । सो विधेयक जस्ताको जस्तै ऐनका रूपमा आएमा प्रदेश प्रमुखले पदमा रहँदा गरेको कामको विषयमा अदालतबाट प्रश्न गर्न पाइँदैन । विधेयकमा प्रदेश प्रमुखविरुद्ध निज पदमा बहाल रहेकै अवस्थामा कुनै पनि फौजदारी अभियोगमा मुद्दा चलाउन नपाइने उल्लेख छ । यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको सेवा–सुविधासम्बन्धी ऐनमा पनि सोही व्यवस्था कायम गरिएको छ ।अाजको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश प्रमुख हुन आवश्यक योग्यता

– संघीय संसद्को सदस्य हुन योग्य भएको

– ३५ वर्ष उमेर पूरा भएको

– र, कुनै कानुनले अयोग्य नभएको

प्रदेश प्रमुखको नियुक्तिको मापदण्ड

– संविधान, कानुन र प्रशासनको क्षेत्रमा अनुभवप्राप्त

– स्वच्छ छवि र राष्ट्रिय ख्यातिप्राप्त

– नियुक्ति हुँदाको बखत राजनीतिक दलको सदस्य नरहेको

– समाजमा महत्वपूर्ण योगदान पु¥याएको

– सम्बन्धित प्रदेशभित्रको मतदाता नभएको वा स्थायी बसोबास नभएको

प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार

– संविधान र कानुनबमोजिम प्राप्त अधिकारको प्रयोग गर्ने

– प्रदेश मुख्यमन्त्रीको नियुक्ति गर्ने

– प्रदेश मुख्यमन्त्री र प्रदेशमन्त्रीलाई शपथग्रहण गराउने

– प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा काम गर्ने

– प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण गर्ने

– प्रदेश विधेयक प्रमाणीकरण गर्ने

– प्रदेश अध्यादेश जारी गर्ने

तपाईको प्रतिक्रिया

trusted online casino malaysia