कारबाहीबाट बच्न खड्काको चलखेल: शक्ति केन्द्रको शरणमा !

कारबाहीबाट बच्न खड्काको चलखेल: शक्ति केन्द्रको शरणमा !
काठमाण्डाै । भारतको नाकाबन्दीका ईन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणज्यि तथा आपूर्ति  मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे। खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाईल तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष पेस गरे। वा...

अढाइ वर्षपछि सिंहदरबार पुनर्निर्माणको सुरसार : पुरानै इँटा र सुर्की प्रयोग हुने

अढाइ वर्षपछि सिंहदरबार पुनर्निर्माणको सुरसार : पुरानै इँटा र सुर्की प्रयोग हुने
तीन चरणमा सिंहदरबारको रेट्रोफिटिङ हुँदै काठमाण्डाै । भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ । पहिलो चरणमा भूकम्पबाट क्षति पुगेको भवनको सूक्ष्म अध्ययन हुनेछ । अध्ययन प्रभावकारी बनाउन प्राधिकरणले सिंहदरबारवरिपरि खट बाँध्ने काम सुर...

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का
काठमाण्डाै । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । ‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बै...

बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती : ११ पसललाई मुद्दा

बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको  छ । सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन् । सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका देशभरका ११ वटा अ‍ैषधि पसललाई मुद्दा चलान गरिएको औषधि व्यवस्था विभागले बताएको छ । विभागका अनुसार दुई सय आठ वटा औषधि पसल निलम्बनमा परेका छन् । आजको नेपाल समाचारपत्र...

नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग

नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग
सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ। यसका साथै त्यसबाट देवनागरी लिपिमा लेखिने सरकारी कामकाजको नेपाली भाषालाई पनि विस्थापन गरिएको छ। सरकारले यही भदौ १ देखि सङ्केताङ्क चिह्न पाटी परिवर्तन थालेको छ। अब विद्युतीय सङ्केताङ्क चिह्न पाटी राख्दा राष्ट्रपतिक...

इनरुवामा कर शिविर

इनरुवामा कर शिविर
३० भाद्र, इनरुवा । आन्तरिक राजश्व कार्यालय धरानको आयोजनामा इनरुवामा कर शिविर तथा करदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । उद्योग वाणिज्य संघ इनरुवाको समन्वयमा आज विहानबाट शिविर तथा करदाता शिक्षा कार्यक्रम संचालनमा ल्याइएको हो । उद्योग वाणिज्य संघ इनरुवाको हलमा संचालित शिविरमा कर, अन्तशुल्कका साथै नयाँ दर्ता सम्वन्धि सेवा लिन सकिने छ । शिविरमा टोलीले पान भ्याट दर्ता, कर चुक्ता तथा प्रमाणपत्र , ...

बजार अनुगमनमा रहेका आपूर्तिमन्त्रीमाथि नै अनुगमन !

बजार अनुगमनमा रहेका आपूर्तिमन्त्रीमाथि नै अनुगमन !
समीक्षामा आपूर्ति मन्त्रालय: दसैँअगाडि बजार अनुगमन र मन्त्रालयमातहतका सरकारी कार्यालयमा सुधारका प्रयास गरेर आपूर्तिमन्त्री शिवकुमार मण्डल चर्चामा छन् । प्रभावकारी अनुगमनबाटै मूल्य र गुणस्तर नियन्त्रणको प्रयास भइरहेको उनको भनाइ छ ।पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरिएको जग्गामा आर्थिक अनियमितता भएको पाएपछि नेपाल आयल निगम प्रमुख गोपाल खड्कालाई कारबाही गर्नुपर्ने चुनौती बोकेका मन्त्री मण्डलसँ...

पशुपति क्षेत्रको यो बिजोग : आराध्यदेवकै प्रतिष्ठामा दाग

काठमाण्डाै । शान्त वातावरण, घण्टाको सुमधुर ध्वनि, भजनकिर्तनको माहोल र धुप नैवैद्यको बास्ना ।पशुपति क्षेत्र भन्नेबित्तिकै धेरैको दिमागमा आउने तस्विर हो यो । अहिले भने पशुपति क्षेत्रमा यस्तो तस्विर देखिँदैन । -सहरबासी शान्त खोज्दै मन बहलाउन समेत पुग्ने पशुपति क्षेत्र अहिले अस्तव्यस्त बसपार्क जस्तै भएको छ । -आसपासा क्षेत्रमा जताततै अव्यवस्थित रुपमा सवारी साधन पार्किङ भइरहेको देखिन्छ । -प्रवेशद्धार ...

उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत : सात अर्ब गुमाउँदै सरकार

उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरत : सात अर्ब गुमाउँदै सरकार
काठमाण्डाै । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उद्धेश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिव सात अर्ब रूपैयाँ घाटा हुन सक्ने देखिएको छ ।   गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का विवादमा सिंगापुरमा चलिरहेको मुद्दाको आर्बिट्रेसनमा पराजित हुने सम्भावना बढेकाो छ।  र, त्यस्तो भएमा नेप...

भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ

भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ
काठमाण्डाै । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए। ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन्।’ भारतीय प्रधानमन्त्र...
trusted online casino malaysia