३० भाद्र, इनरुवा । आन्तरिक राजश्व कार्यालय धरानको आयोजनामा इनरुवामा कर शिविर तथा करदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । उद्योग वाणिज्य संघ इनरुवाको समन्वयमा आज विहानबाट शिविर तथा करदाता शिक्षा कार्यक्रम संचालनमा ल्याइएको हो ।
उद्योग वाणिज्य संघ इनरुवाको हलमा संचालित शिविरमा कर, अन्तशुल्कका साथै नयाँ दर्ता सम्वन्धि सेवा लिन सकिने छ । शिविरमा टोलीले पान भ्याट दर्ता, कर चुक्ता तथा प्रमाणपत्र , अन्त शुल्क, आय विवरण र भेरिफाई जस्ता सेवा प्रवाह गरिरहेको छ । उद्योग वाणिज्य संघ इनरुवामा ३ हजार बढी फर्म दर्ता छन् । इनरुवामा संचालनमा रहेको शिविरमा उद्योग वाणिज्य संघको इनरुवा मातहत रहेका अन्य शाखा मार्फत दर्ता रहेका फर्मले समेत सेवा लिन सक्नेछन् ।









