अमेरिकाद्धारा नेपालाई ५० अर्ब : विहिबार सम्झौता हुँदै

अमेरिकाद्धारा नेपालाई ५० अर्ब : विहिबार सम्झौता हुँदै
काठमाण्डाै । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो । यसबारे अमेरिकी विदेश मन्त्रालयमा विहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ । अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीषा भई यसमा हस्ताक्षर हुन लागेको हो ।...

नेपाल आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने सरकारको तयारी

नेपाल आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने सरकारको तयारी
काठमाण्डाै । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सोमबार साँझ सिफारिस गरेको थियो। सोही सिफारिस मन्त्रिपरिषद्मा पेस गरिने स्रोतले ब...

बैंकहरुमा थुप्रियो पैसा, ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता

काठमाण्डाै । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ। हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ। तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए। ‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ,’ थापाले भने, ‘निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको छ भने कर्जा प्रवाह १८÷१...

पूर्वसांसद्लाई पेन्सन दिने विषयमा विवाद, पेन्सन माग्ने सांसद् नै उपसमितिमा

पूर्वसांसद्लाई पेन्सन दिने विषयमा विवाद, पेन्सन माग्ने सांसद् नै उपसमितिमा
काठमाडौं । पूर्वसांसद्लाई पेन्सन दिने प्रस्तावमा संसदको राज्य व्यवस्था समितिमा विवाद भएको छ । सांसदबीच विवाद चुलिएपछि समस्या समाधान गर्न समितिले उपसमिति गठन गरेको छ । कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् । कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले पूर्वसांसदलाई राज्यले बेवास्ता गर्दे आएको बताइन् । कांग्रेसकै अर्जुनप्रसाद ...

देउवाको जम्बो मन्त्रिपरिषद्: तलब खुवाउनै हम्मेहम्मे

देउवाको जम्बो मन्त्रिपरिषद्: तलब खुवाउनै हम्मेहम्मे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ । बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक बजेट तयार पारेको कार्यालयले थप १४ मन्त्रीलाई तलब खुवाउन करिब १० करोड रुपैयाँ नपुग्ने जनाएको छ । प्रधानमन्त्री कार्यालयको आर्थिक प्रशासन शाखाका अनुसार चालु आर्थिक वर्ष...

जग्गा खरिद प्रकरण: पूर्वमन्त्रीदेखि वडा सचिवसम्मको मिलेमतो

जग्गा खरिद प्रकरण: पूर्वमन्त्रीदेखि वडा सचिवसम्मको मिलेमतो
काठमाण्डाै । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिद्वारा गठित उपसमितिले आयल निगमले बोलपत्रका माध्यमबाट गरेको जग्गा खरिदमा विभिन्न प्रक्रियागत कमीकमजोरी र त्रुटि रहेको औंल्याएको छ। समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा बोलपत्रको प्रकाशनदेखि मूल्यांकनसम्म सार्वजनिक खरिद ऐनको प्रावधान बमोजिम नै आर्थिक रूपले न्यूनतम कबोल गर्ने र सारभूत रूपमा प्रभावग्राही भएको प्र...

देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च

देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन्। २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्यूयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य सहभागी हु...

भन्सार छलेको ९० हजार बढीको सामन बरामद

भन्सार छलेको ९० हजार बढीको सामन बरामद
२६ भाद्र, मोरङ। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार भन्सार छलेको ९० हजार ६ सय ८५ मुल्य बराबरको सामन बरामद गरेको छ। बरामद सामनहरुमा लत्ताकपडा, खाद्यान्न, हार्डवेरका ईलोक्ट्रोनिक फिल्टरका समानहरु रहेका छन्। उक्त सामान इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले सोमबार दिउँसो १ बजेतिर भन्सार कार्यलय नजिकैबाट पक्राउ गरेको हो। ब...

८८ किलो सुन बरामदबारे सबै दल माैनः यस्तो अायो गृहमन्त्री शर्माको प्रतिक्रिया

८८ किलो सुन बरामदबारे सबै दल माैनः यस्तो अायो गृहमन्त्री शर्माको प्रतिक्रिया
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन बरामद गर्दा सार्वजनिक लेखा समितिदेखि व्यवस्थापिका-संसद्सम्मको ध्यानाकर्षण भयो । सुराकी कमिसनमा विवाद भएपछि समितिले पाँचपटक बैठक राख्यो, गृह मन्त्रालयका अधिकारीलाई बोलाएर सोधपुछ गर्‍यो । त्यसबाट कुनै ठोस निष्कर्ष ननिस्केपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । अहिले पनि उक्त मुद्दा अख्तियारको तामेलीमा...

११ गुणासम्म बढी मूल्य असुल्ने व्यवसायीमाथि कारवाहीका लागि अर्थ मन्त्रालय उदासिन

११ गुणासम्म बढी मूल्य असुल्ने व्यवसायीमाथि कारवाहीका लागि अर्थ मन्त्रालय उदासिन
काठमाण्डाै । दरबारमार्गलगायत क्षेत्रमा उपभोक्तासँग असुल गरिएको समानको अत्यधिक मूल्यबारे छानबिन गर्न आवश्यक पर्ने विज्ञ कर्मचारी पठाउन आपूर्ति विभागले बारम्बार अनुरोध गर्दा पनि अर्थ मन्त्रालयले उदासीनता देखाएको छ। प्रारम्भिक छानबिनमा न्यून बीजकीकरणको समस्या देखिएपछि थप कारबाहीका लागि अर्थ मन्त्रालय अन्तर्गत राजस्व विभागको सहयोग आपूर्तिले मागेको हो। राजस्व छल्न विदेशमा किन्दा परेको मूल्यभन्दा कम ...
trusted online casino malaysia