२६ भाद्र, मोरङ। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार भन्सार छलेको ९० हजार ६ सय ८५ मुल्य बराबरको सामन बरामद गरेको छ।
बरामद सामनहरुमा लत्ताकपडा, खाद्यान्न, हार्डवेरका ईलोक्ट्रोनिक फिल्टरका समानहरु रहेका छन्। उक्त सामान इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले सोमबार दिउँसो १ बजेतिर भन्सार कार्यलय नजिकैबाट पक्राउ गरेको हो। बरामद सामन आजै विराटनगर भन्सार कार्यालय बुझाएको प्रहरीले जानएको छ।








