१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती !

१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती !
काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ ।व्यवस्थापिका संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पार्नुभएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको थियो ।राष्ट्रपतिका लागि १६ करोडको गाडी ...

राष्ट्र बैंकको नीति : गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन

राष्ट्र बैंकको नीति : गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन
काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको मौद्रिक नीतिले सर्वसाधारणलाई गाडी किन्न सजिलो, तर घर किन्न गाह्रो बनाएको छ । मौद्रिक नीतिले निजी सवारीसाधन खरिदमा धितो मूल्यांकन बढाएको छ भने घरको धितो मूल्यांकन घटाएको छ । सर्वसाधारणले ३५ प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्नेछन् भने घरका लागि काठमाडौं उपत्यकामा ५० प्रतिशत र बाहिर ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले...

कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी

कोसीमा अर्को ब्यारेज बन्ने : बाह्रै महिना किसानका खेतमा पानी
काठमाडौं  / दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ ।यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा गरेको छ । सुनसरीको बराह क्षेत्रभन्दा तल चतरामा ब्यारेज निर्माण भएमा सुनसरी मोरङ सिँचाइ प्रणालीको ६८ हजार हेक...

बाहिरका गाडीलाई चक्रपथभित्र प्रवेश नदिईने : बजेट छलफलमा ट्राफिक जामको बहस

बाहिरका गाडीलाई चक्रपथभित्र प्रवेश नदिईने : बजेट छलफलमा ट्राफिक जामको बहस
काठमाडौं / संसदीय अभ्यास र नियामावलीअनुसार संसद्को छलफद सभामुखद्धारा तोकिएको कार्यसुची खास विषय मा मात्रै हुन्छ । तर बजेट छलफलको सन्दर्भ हेर्दा लाग्छ सदनमा जतिबेला जे विषयमा पनि बहस हुन्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै असार १९ देखि शुरु भएको विनियोजन विधयेकमाथीको मन्त्रालयगत छलफल सांसदहरुले उठाएको प्रश्नको आईतवारदेखि सम्बन्धित मन्त्रीहरुले जबाफ दिने क्रम शुरु भएको छ ।आजको कान्तिपुरम...

चुलिँदै चुनाव खर्च, थपियो मुलुकलाई अर्बौ व्यायभार ?

काठमाडौं । १३ बैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको थियो ।तर, १३ बैशाखमा सरकारले चुनाव खुई चरणमा गर्ने निर्णय गरेपछि ८ जेठमा उसले चुनावका लागि अर्थ मन्त्रालयसंग थप दुई अर्ब  ६९ करोड रुपैयाँ माग गर्यो । गृह मन्त्रालयले अतिरिक्त खर्च माग गरेको पत्रमाथि अर्थ मन्त्रालयमा छलफल भईरहेको थियो । स्थानीय तह निर्वाचन मिति सारेका कारण मुलु...

नेपाल विद्युत् प्राधिकरणको तार उपत्यकामा भूमिगत

नेपाल विद्युत् प्राधिकरणको तार उपत्यकामा भूमिगत
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिनुभएको छ ।   सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर हेड वितरण प्रणालीले सहर कुरूप र असुरक्षित हुनुका साथै सडक विस्तारलगायत विकास निर्माणमा समेत विभ...

कुलमानको प्रस्तुति : कोलकातादेखि दोलालघाटसम्म पानीजहाज

काठमाडौं, २५ असार । नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ । सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार गरेको गुरुयोजनामा भारतको कलकाताबाट कोसी बेसिन हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने उल्लेख भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। रामेछाप–काठमाडौं पत्रकार समाजल...

धुलिखेल–पनौतीसम्म साझा बस सञ्चालन तयारी

धुलिखेल–पनौतीसम्म साझा बस सञ्चालन तयारी
काठमाडौं, २५ असार । भक्तपुर र काभ्रेको सिमाना साँगा भज्यांगसम्म साझा यातायात सञ्चालनमा आएसँगै यसलाई धुलिखेल–पनौतिसम्म सञ्चालन गर्ने तयारी सुरु भएको छ । काभ्रेका तीनवटा नगर धुलिखेल, बनेपा र पनौतीका जनप्रतिनिधिले त्यस्तो प्रयास थालेका हुन् । काभ्रेका तीनवटै नगरका प्रमुखले साझा यातायातलाई कसरी काभ्रेमा भित्र्याउन सकिन्छ भनेर पहल गरेको बताए । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जूले साझा यातायातका अध्...

राष्ट्रिपति विद्यादेवी भण्डारीलाई गाडी खरिद गर्न १६ करोड माग

काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट«पतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग रुपैपाँ मागेको हो । राष्ट«पति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।

भन्सारमै रोकिए आलु प्याज र पेट्रोल बोकेको ट्रक

भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण यो जिल्लासँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा शनिबार मालवाहक ट्रक रोकिएको पाइएको छ । भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामाग्री बोकेका २६ ट्रक भिठ्ठामोड नाकामा रोकेको छ । भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजल बोकेर आएका १८ वटा ट्याङकर समेत भन्सारमा रोकिएका छन् । आजको...
trusted online casino malaysia