सबै सवारीको नम्बर प्लेट फेरिदै, चोरीका र कर नतिर्ने उम्किन नपाउने
काठमाडौं । मेसिनले रिड गर्ने सवारी नम्बर जारी गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । राजमार्गमा सवारी ट्राक गर्ने प्रविधि जडान गर्न यातायात व्यवस्था विभागले नेपाल दूरसञ्चार प्राधिकरणसँग रेडियो फ्रिकेन्सी डिभाइसको अनुमति पनि लिइसकेको छ । विभागले ‘इम्बोस्ड नम्बर प्लेट’ भनिने डिजिटल प्लेट निर्माणका लागि नयाँ बानेश्वरमा कारखाना स्थापना गर्दै छ । प्लेट छपाइको जिम्मा पाएको बंगलादेशको टाइगर आईटी क...









