चीनले बनायो सामा गाउँ सीमासम्म सडक

चीनले बनायो सामा गाउँ सीमासम्म सडक
तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए । तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजामा सहभागी हुन गएका स्थानीय ३० जना साभा गाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमाको ३५ नम्बर पिल्लरसम्म आउन पाउँदा खुसीको सीमा रहेन ।  ‘गाउँका मान्छे पहिलोपटक गाउँमै मोटर चढ्न पाउँदा धेरै खुसी भए,’ साम्दोका निमा दोजीले ...

चिनियाँ सहयोगमा १० भन्सारमा ‘कन्टेनर स्क्यानर’

चिनियाँ सहयोगमा १० भन्सारमा ‘कन्टेनर स्क्यानर’
काठमाण्डाै । भन्सार विभागले चीन सरकाको सहयोगमा ९७ प्रतिशतभन्दा बढी व्यापार हुने १० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने तयारी गरेको छ। भन्सार जाँचपासलाई छिटोछरितो बनाउन तथा राजश्व छली र निषेधित बस्तु रोक्नका लागि मुख्य १० भन्सार कार्यालयमा स्क्यानर मेसिन राख्न लागिएको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुख्खा बन्...

लोडसेडिङ दैनिक ७ घन्टाः प्राधिकरण

लोडसेडिङ दैनिक ७ घन्टाः प्राधिकरण
काठमाण्डाै । चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा एक सय ८५ मेगावाट बिजुली थपिने भएको छ। निजी  प्रवर्तकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिणामको बिजुली थपिने देखिएको छ । प्राधिकरणको केन्द्रीय प्रणालीमा थगत आवमा जम्मा ३०.९७ मेगावाट बिजुली थपिएको थियो।प्राधिकरणले निर्माण गरेका १४ मेगावाटको कुलेखानी तेस्रो, ३० मेगावाटको चमेलिया, ६० मेगावाटको...

बिपी राजमार्ग हुँदै पूर्व जाँदै हुन्नुहुन्छ? (हेर्नुहोस नयाँ कायम भएको भाडादर साहित्)

बिपी राजमार्ग हुँदै पूर्व जाँदै हुन्नुहुन्छ? (हेर्नुहोस नयाँ कायम भएको भाडादर साहित्)
काठमाडौँ / यातायात व्यवस्था विभागले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने यात्रुवाहक सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको छ। साउन २१ गतेको निर्णय अनुसार काठमाडांैं– बनेपा– सिन्धुली बर्दिबास हुँदै पूर्व नेपालको विभिन्न स्थानमा चल्ने सवारी साधनमा दुरी अनुसारको भाडादर कायम गरिएको विभागका प्रवक्ता बसन्त अधिकारीले बताए। सोही सूचनालाई आधार मानेर यात्रुसँग रकम लिन सावारी संचालन व्यवसायी तथा च...

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन
२ भाद्र, जलेश्वर। (प्रतिनिथि तस्विर) महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार साँझ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवको नेतृत्वमा बजार अनुगमन गरिएको छ । जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी र सुरक्षाकर्मी सम्मिलित अनुगमन टोलीले सदरमुकाम जलेश्वरको १३ वटा पसलमा अनुगमन गरी विभिन्न सामग्रीहरु वरामद समेत गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श...

पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन

पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन
काठमाण्डाै । पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारी र रैरकर्मीको तवब भत्ता र खर्च गत वर्ष आम्दानीभन्दा बढी भएको छ।पशुपतिनाथ, वासुकीनाथ, मूल मन्दिरपरिसरको हुन्डी, हनुमान र नारायण मन्दिर, नवग्रह, जुत्ताचप्पल र अन्य गरी वर्षभरि भएको आम्दानीभन्दा झन्डै तीन करोड रूपैयाँ बढी तलबभत्ता र सुविधामै खर्च भएको छ ।  गत आर्थिक वर्षमा चार करोड सात लाख ९३ हजार पाँच सय ४६ रुपैयाँ आम्दानी भएको छ भने सात करो...

निगमद्वारा लक्ष्यको ९८ प्रतिशत उडान, आम्दानी ११ अर्ब

निगमद्वारा लक्ष्यको ९८ प्रतिशत उडान, आम्दानी ११ अर्ब
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा लक्ष्यको झन्डै शतप्रतिशत संख्यामा अन्तरराष्ट्रिय उडान गरेको छ। निगमले वर्षभरिमा २ हजार ७६६ उडान गर्ने लक्ष्य राखेकामा २ हजार ७३६ उडान गर्न सफल भएको हो । यो लक्ष्यको ९८ प्रतिशत हो। बारम्बार उडान स्थगित हुँदा वार्षिक उडान लक्ष्य पूरा गर्न असफल हुँदै आएको निगम अन्ततः लक्ष्यनजिक पुग्नुलाई यात्रु तथा पर्यटन व्यवसायीहरूले उत्...

बेलबारी नगरपालिकाको २८ लाख फ्रिज

बेलबारी नगरपालिकाको २८ लाख फ्रिज
१ भाद्र, नरेन्द्र बस्नेत बेलबारी । बेलबारी नगरपालिकाको वार्ड नम्बर ९ मा आर्थिक बर्ष २०७२ र ०७३ मा कुनैपनि बिकास निर्माणका कामहरु नभएपछि सो क्षेत्रका लागी छुटयाईएको ५ लाख रकम रकमान्तर गरी अन्य क्षेत्रमा लगानी गरिएको छ । सो क्षेत्रमा स्थानीयले साझेदारीमा कुनै काम गर्न नसकेपछि सो क्षेत्रको बजेट रकमान्तर गरी बेतना सिमसारमा टहरा निर्मााणका लागी खर्च गरिएको कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बताए । ...

हवाई इन्धन तीन गुणा महँगो

हवाई इन्धन तीन गुणा महँगो
काठमाण्डाै ।  सरकारको चर्को कर र नेपाल आयल निगमले अत्याधिक नाफा राखेका कारण नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकार गुहारेको छ।  निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महंगो पर्ने गरेको पाइएको छ। अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मू...

एक सय व्यापारीलाई भिषा दिन चिनियाँ अधिकारी सहमत

एक सय व्यापारीलाई भिषा दिन चिनियाँ अधिकारी सहमत
काठमाडौं / एकदिने पासको व्यवस्था नहुँनदा चीनको केरुङ जानबाट वञ्चित व्यवसायीलाई भिषामार्फत प्रवेश पास दिन केरुङका अधिकारी सहमत भएका छन् । चीनसँगको प्रमुख व्यपारिक मार्ग सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढीबाट सामान आयात–निर्यात हुने थाले पनि चीनले रसुवाबाहेक अन्यत्रका व्यापारीलाई प्रवेश पास दिएको थिएन । ‘हामीले व्यापारीको आवातजावात सहज बनाउन प्रवेश पाससँगै भिषाको व्यवस्था गर्न सि...
trusted online casino malaysia