अर्थसचिवको खान्की : बिहान ब्रेकफास्टदेखि डिनरसम्म फाइभ स्टार होटलबाटै
काठमाडौं / सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब/भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ । अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ । अर्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो ।
अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ बजे भन्ने हुन्न । कुर्सीमा बस्ने जोपनि बिहानै मन...









