पेट्रोलिम्याक्सले हवाई इन्धन ल्याउन सकेन
काठमाडाैं , मंसिर १७ । दुइटा विमान कम्पनी भाडामा लिई भारतबाट हवाइ इन्धन ल्याउने बाचा गरेको पेट्रोलिम्याक्स नेपाल प्रालिले पाँच दिन बित्दा पनि इन्धन ल्याउन सकेको छैन ।इथियोपियन र जोर्डन एयरलायन्स विमान कम्पनीले आयल निगमलाई गत शुक्रबार पहिलो उडानबाट हवाई इन्धन ल्याइदिने बाचा गरेको पेट्रोलिम्याक्स ५ दिन बित्दासमेत इन्धन ल्याउन नसकेकाे हाे ।
तर, शुक्रबार उत्तर अमेरिकी पर्व ‘थ्यांङ्क्स गिभिङ’का कार...







