Gopal-Bahadur-Khadka१८ मंसिर, काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आयात र वितरणमा अनियमितता गरेको आरोप खेपिरहेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सञ्चालक समिति बैठकमा गएनन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने सञ्चालक समितिले भारतीय नाकाबन्दीपछि पेट्रोलियम वितरण र कालोबजारीमा खड्काको संलग्नताको आशंका गर्दै बिहीबार बैठक बोलाएको थियाे।

समितिले कारबाही गर्ने सम्भावना देखेपछि खड्का बैठकमा नआई दिउँसोदेखि नै सम्पर्कमा नरहेको मन्त्रालयको उच्च स्रोतले जानकारी दियो। समितिले अघिल्लो शुक्रबार ‘भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयात र बिक्रीवितरणमा भइरहेको अनियमितता, कालोबजारीलगायत कार्यकारी निर्देशक खड्काको संलग्नताबारे’ स्पष्टीकरण सोधेको थियो।

खड्काले पठाएको जवाफ चित्तबुझ्दो नदेखिएको र थप जानकारी लिनुपर्ने देखिएपछि बिहीबार बैठक डाकिएको थियो। खड्काले पठाएको जवाफमा धेरै सत्यता नदेखिएपछि समितिले बैठकको मिति तोकेको थियो तर खड्का आफू कारबाहीमा पर्ने थाहा पाएपछि समितिले बोलाएको बैठक बहिस्कार गरेको स्रोतको दाबी छ।

मन्त्रालय स्रोतका अनुसार खड्काले पठाएको जवाफबाट समिति सन्तुष्ट थिएन । त्यसैले थप छलफल गर्ने भन्दै बिहीबार ५ बजे समितिको बैठक डाकिएको थियो । ‘समितिमा चित्तबुझ्दो जवाफ नआएपछि खड्कालाई मन्त्रालय तान्ने आन्तरिक सहमति भएको थियो,’ स्रोतले बिहीबार नागरिकसँग भन्यो, ‘आफू मन्त्रालय तानिन लागेको थाहा पाएपछि खड्का समितिको बैठकमा अनुपस्थित भएका हुन् ।’ अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia