ग्यास छैन ? दाउरै काम चलाउ
काठमाडौँ, २३ असोज / भारतले अघोषित रूपमा गरेको नाकाबन्दीले बजारमा ग्यासको अभाव भएपछि राजधानीका सर्वसाधारण दाउराको प्रयोग गर्न बाध्य छन् । अनामनगरकी बिनिता महर्जनले घरको छतमा दाउराको चुल्हो बालेर खान पकाउन सुरू गर्नुभएको छ ।
“घरमा ग्यास सकिएको सात दिन भइसक्यो, बजारभरी ग्यास खोजेको कहीँकतै पाइँदैन, त्यसैले विकल्पको रूपमा दाउरा बालेर भएपनि छतमा खाना पकाउन सुरू गरेकी छु”–उहाँले भन्नुभयो । बागबजारमा ...




