संखुवासभा,१२ भदौ। दुई दुई पल्ट मलेसिया गएर  फर्किएका संखुवासभा धुपु गाबिस वार्ड न:१ का युवा  नर बहादुर राई अहिले ब्यावसायिक कृषिमा लागेका छन् । विदेशबाट फर्किएर खुर्सानी खेतीमा लागेका उनले ३ महिनामा नै ७० हजार आम्दानी गरे । खेतबारी बाँझै राखेर विदेश गएका उनले मलेसियामा भन्दा यहीं धेरै कमाई गर्न सकिने बाटो पहिल्याए । ‘विदेशमा काम गर्दा ३ महिनामा ७० हजार  कमाइएन’–उनले भने–‘तर यहाँ एउटै बालीबाट कमाई भयो ।’ तीन रोपनी जग्गामा उनले पहिलो पटक खुर्सानी लगाएका हुन् । एक सय झ्याङ्ग विरुवा रोपेका उनले तीन सय किलो भन्दा धेरै खुर्सानी विक्री गरेको कारोबारलाई बताए । ‘पहिले मकै, कोदो मात्र रोपिन्थ्यो, त्यसबाट खासै आम्दानी नहुने’–उनले सुनाए–‘विदेश नगई भएन, त्यतिबेलै यसरी खेती गरेको भए यहीं मालामाल कमाई हुन्थे’छ ।’ पहिलो पटक नै खेती लगाउँदा राम्रो आम्दानी भएपछि उनी बढाएर खुर्सानी लगाउने तयारी गर्दैछन् । ‘यसपालि एक सय  जति लगाएको थिएँ, अब पाँच सय  विरुवा लगाउन बेर्ना तयार पारेको छु’–उनले खुशी हुदै भने–‘अरु तरकारी खेतीबाट पनि राम्रै आम्दानी भयो ।’
 khursani-image
गाउँमा नै राम्रो कमाई गर्न थालेपछि उनको सिको गर्न अरु पनि तम्सिएका छन् । ‘यहीं गर्दा पनि हुँदोरहेछ भन्दै गाउँले आउँछन्’–उनले भने –‘खुर्सानीको  विरुवा अर्डर गर्नेलाई नपुग्ने भो ।’ तीन चार हजार विरुवा उत्पादन गरेको उनको पाँच हजारभन्दा बढी विरुवाको अर्डर भइसकेको छ । खुर्सानीबाट पनि राम्रो कमाई हुने गरेको छ । लेकाली क्षेत्रमा पनि यसको उत्पादन हुन थालेपछि खेती गर्नेको संख्या बढ्दै गएको उनले बताए । यहाँ उत्पादन भएको  खुर्सानी जिल्लाका बजार बाहेक भारतीय बजार र तराईका बजारहरुमा दुई सय रुपैयाँ प्रतिकिलोसम्मका दरले विक्री हुने गरेको स्थानीय ब्यापारी कृष्ण राईले बताए । खुर्सानी खेतीलाई अन्य तरकारी बालीहरु जस्तो स्याहार र मेहन पनि कम लाग्ने भएकाले खोर्सानी खेती गर्न यहाँका किसानहरु आकर्षित भएका छन् ।मेहनतको फल मिठो हुन्छ भने उखानलाई पुष्टि गर्दै यहाँका किसानहरु खोर्सानी खेती गरेर बार्षिक लाखौको आम्दानी गर्दै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

साभार: पुर्बेलि न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia