भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध छानबिन
काठमाडौँ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध छानबिन थालेको छ ।
आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिए...












