काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै

काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै
काठमाडौं / बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक०को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो ।  ‘हाल ७६।४ किलोमिटर रहेको फास्ट ट्रयाकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले भने, ‘घुमाउरो बाटोमा सुरुङको लम्बाइ ...

चौधरीले भने, ‘दिनका दिन गाई मरेपछि गन्न छाडे’

चौधरीले भने, ‘दिनका दिन गाई मरेपछि गन्न छाडे’
कैलाली । हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु । आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा उनी कम्ती विरक्तिँदैनन् । बेलाबेला रोइहाल्छन् । मासिक १२ हजार रुपैयाँमा गौशालाका गाई हेरचाह गर्ने जिम्मेवारी हो चौधरीको । घोडाघोडी नगरपालिका–७ चुरे फेदीको सिस्नेघारी । अग्ला रूख अनि चारैतिर काँडेतारले घेरेर राखिएका छन् गाईबस्तु, खुला आकाशमुनि । ६...

मार्सी चामलको माग बढ्यो

मार्सी चामलको माग बढ्यो
काठमाडाैं / पछिल्लो समयमा कालीमार्सी चामलसँग जोदिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्याङ्ग्या प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ ।राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्राष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी चामल किन्न आएको पवित्रा पाठक बताउँछिन् । ‘जुम्ली मार्सीको स्वाद चाख्ने रहर थियो,’ पवित्राले...

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार अकस्मात काम छोडेर जानुको कारण यस्तो

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार अकस्मात काम छोडेर जानुको कारण यस्तो
काठमाडौं । सुरेश तामाङ, मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्।संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो। बैठकमा ठेक...

कोशीकी भैंसी सुन्दरीलाई इनरुवाका मेयरले दिए लैनो भैंसी उपहार

कोशीकी भैंसी सुन्दरीलाई इनरुवाका मेयरले दिए लैनो भैंसी उपहार
सुनसरीको कोशी गाउँपालिकामा समपन्न भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई भैंसी उपहार प्रदान गरिएको छ । कोशी कटानमा समपन्न प्रतियोगितामा प्रतिष्पर्धा गराइएका ९० वटा भैंसी मध्ये छनौटका आधारमा उत्कृष्ठ ठहरिएको भैंसी सुन्दरी धनी विन्देश्वर इशरलाई प्रथम पुरस्कार वापत लैनो भैंसी प्रदान गरिएको हो । प्रतियोगिता कोशी गाउँपालिकाले आयोजना गरेको भएपनि भैंसी सुन्दरीलाई प्रदान गरिएको प्रथम पुरस्कार वापतको लैनो भ...

गोदाममा आगलागी हुँदा सवा करोड बढिको क्षति

गोदाममा आगलागी हुँदा सवा करोड बढिको क्षति
इनरुवा। सुनसरीको कोशी गाउँपालिका-१ लौकही बस्ने त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा अन्दाजी १ करोड ३८ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ । आइतबार बिहान सवा ९ बजे भएको आगलागीबाट यादवको १ तले पक्की भवनको गोदाममा राखेको अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको ४ सय ५० क्विन्टल धान, अन्दजी १ करोड २५ लाख ७० हजार मूल्य बराबरको ५ हजार मन सनपाट (पटुवा) र अन्दाजी ६० हजार मूल्य बराबरको आंशिक ...

तेह्र सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी

तेह्र सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी
काठमाडौँ / फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । टर्कीका इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा दिएको थियो । उक्त कम्पनीले कामदारसँग अतिरिक्त पैसा नलिन निर्देशन दिए...

रुकममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी

रुकममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी
रुकुम / रुकुमको मदिरा व्यवसायीमा ठुलो मात्रामा लगानी गरिएको पाइएको छ । मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अनुसार जिल्लामा १ अर्ब बढीको मदिरा व्यवसायीमा लगानी गरेको बताइएको छ ।मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नवीन खड्काका अनुसार जिल्लामा ७ सय २५ जना व्यापारीले मदिरा व्यवसायीका लागि अनुमति दिएका छन् । जसमा १५ वटा आधिकारी बिक्रेता छन् भने ५० वटा होलसेल व्यापारी छन् । यी ५० वटा रुकुमका भ्याट क...

सैनिकको स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स !

सैनिकको स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स !
काठमाडौं / देशका लागि प्राण आहूति दिने सैनिकको स्मृतिमा स्थापित स्मारक रहेको जमिनमा व्यापारिक भवन बन्ने भएको छ। सैनिक स्मारकसमेत रहेको पुल्चोकस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रहेको १७ रोपनी जग्गामध्ये १० रोपनी जग्गामा आकृति हाउजिङले व्यापारिक कम्प्लेक्स बनाउन प्रक्रिया थालेको हो। संघले निर्माण सुरु भएपछि मासिक दुई लाख र सम्पन्न भएपछि पाँच लाख पाउने गरी आकृति हाउजिङलाई उक्त जग्गा ३२ वर्षका ...

विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार बढ्दै

विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार बढ्दै
काठमाडौं । तेस्रो मुलुकबाट मालसामान आयात गर्न भारतको आन्ध्रप्रदेशस्थित विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार बढ्दै गएको छ। तेस्रो मुलुकको मालसामान आयात गर्न मुख्य कारोबार हुँदै आएको भारतको कोलकाता बन्दरगाहभन्दा लागत खर्च र समय कम तथा कागजी प्रक्रिया सहज भएकाले नेपाली आयातकर्ता विशखापटनम बन्दरगाहतर्फ आकर्षित भएका हुन्। नेपाली आयातकर्ता र व्यापारीले तेस्रो मुलुकको मालसामान आयात गर्न विशखापटनम बन्दरग...
trusted online casino malaysia