रुकुम / रुकुमको मदिरा व्यवसायीमा ठुलो मात्रामा लगानी गरिएको पाइएको छ । मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अनुसार जिल्लामा १ अर्ब बढीको मदिरा व्यवसायीमा लगानी गरेको बताइएको छ ।मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नवीन खड्काका अनुसार जिल्लामा ७ सय २५ जना व्यापारीले मदिरा व्यवसायीका लागि अनुमति दिएका छन् । जसमा १५ वटा आधिकारी बिक्रेता छन् भने ५० वटा होलसेल व्यापारी छन् । यी ५० वटा रुकुमका भ्याट कारोबारी हुन भने अन्य पाना नम्बर लिएर मात्र व्यवसाय गर्दै आएका छन् ।‘पछिल्लो समयमा मदिरा व्यवसाय छोडेरपनि यस व्यवसायमा लागेका धेरै छन्,’ संघका अध्यक्ष खड्काले भने, ‘उदारो नदिएर नगतमा कारोबार गर्ने हो भने फाइदामूलक व्यापार पनि राम्रै छ ।’अाजकाे काराेबार दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia