chaiti chatha parva३० चैत्र, सप्तरी। मिथिला क्षेत्रमा सोमबार श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वका व्रतालुले व्रत विधि सुरु गरेका छन् ।चैत शुक्ल चौथीदेखि सप्तमीसम्मका चारदिने विधिको चैती छठ पर्वका व्रतालुले सोमबार नहाइ–खाइ (नुवाइधुवाइ गरेर चोखोनितो खाएर) विधिबाट पर्वको विधिवत् सुरुआत गरेका हुन् । मिथिलामा वर्षको दुई पटक छठ पर्व मनाउने परम्परा छ ।

कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म सम्पन्न गरिने यो पर्वलाई कैत्की (शारदीय) छठ र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइनेलाई चैती (वासन्तीय) छठ भनिने मिथिला परम्पराका जानकारको भनाइ छ । दुवै छठका व्रत विधि, तयारी र सामग्री भने उस्तै रहने गरेको छ ।
पहिलो दिन नहाइ–खाइ विधि गरेका व्रतालुले दोस्रो दिन (पञ्चमीका दिन) दिनभरि निराहार व्रत गरेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको तेस्रो दिन (षष्ठीका दिन) व्रतालुले निराहार व्रत गरी साँझ जलाशयमा सजाइएको घाटमा नुहाएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिने गर्छन् । यसलाई ‘सझुकाअरख’ भनिन्छ ।

अन्तिम दिन सप्मीका दिन बिहान सोही घाटमा उदाउँदो सूर्यलाई अघ्र्य (भोरका अरख) दिएपछि पर्व सम्पन्न गरिने परम्परा छ । पर्वमा सूर्यलाई अघ्र्य दिँदा देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार, केरा र अन्य फलफुल व्रत समापनपछि प्रसादस्वरुप खाने खुवाउने परम्परा छ ।सूर्यको उपासना गरिने छठ व्रतको प्रभावले सुख, शान्ति हुने सन्तान सुख र निरोगी होइने जनविश्वास छ । खासगरी छठ पर्वको प्रभावले छालासम्बन्धी रोग नलाग्ने र भएमा निको हुने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia