emran-hasmi

मुम्बाई – बलिवुड अभिनेता इमरान हास्मी अब लेखक बन्ने भएका छन् । हास्मीले आफ्नो पाँच वर्षीय छोराको क्यान्सर रोगसँगको संघर्षको बारेमा पुस्तक लेख्न लागेका हुन् । ३६ वर्षीय अभिनेताले ट्वीटरमा यस विषयबारे पोष्ट गर्दै आफू निकै उत्साहित रहेको बताएका छन् । ‘पछिल्लो २ वर्ष मेरोको जीवनको संघर्षपूर्ण अवधि रह्यो । उक्त अवधिमा मैले दुईवटा शिक्षक पाए – क्यान्सर र मेरो छोरा । म पेन्गुइन बुक्सका सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु । किताबको प्रकाशनबारे निकै आतुर छु । किताब कहिले बजारमा आउँछ भन्ने बारेमा म फेरि जानकारी दिनेछु,’ इमरानले ट्वीटरमा लेखेका छन् । किताब आगामी वर्ष बजारमा आउने प्रकाशक पेन्गुइन बुक्सले बताएको छ । साभार : रातोपाटी

तपाईको प्रतिक्रिया