salman-khan_1445088162

मुम्बाई – बलिवुड सुपरस्टार सलमान खानको विवाहको विषय पुनः चर्चामा आएको छ । तर, यो खबर भारतबाट नभएर रोमानियाबाट फैलिएको हो । मिडिया रिपोर्टका अनुसार रोमानियाको बुखारेस्टमा गुपचुप रुपमा लुलिया वन्तुरले सलमानसँग इन्गेजमेन्ट गरेको र आगामी वर्षसम्म विवाह गर्ने दाबी गरिएको छ । लुलिया करिब ५ हप्ताअघि बुखारेस्ट पुगेकी थिइन् । मिडिया रिपोर्टका अनुसार त्यही सलमान र लुलियाले गुपचुपरुपमा इन्गेजमेन्ट गरेका थिए । यसअघि मे महिनामा सलमानले कथित गर्लफ्रेन्ड लुलियासँग विवाह गर्ने मन बनाएको समाचार बाहिर आएको थियो । तर, त्यसलाई सलमान निकट स्रोतले खण्डन गरेको थियो । सलमान र लुलियाको इन्गेजमेन्टको खबर रोमानियाको वेभसाइट www.wowbiz.ro  मा आएको थियो । यस साइटमा लुलियाको फोटो र भिडियो सेयर गरिएको छ जहाँ लुलियाको हातमा इन्गेजमेन्ट औंठी देखिएको छ । अघिल्लो वर्ष सलमानको बहिनी अर्पिताको विवाहमा सलमानले लुलियालाई आफ्नो परिवारसँग मिलाएका थिए । लुलिया रोमानियाकी वासिन्दा हुन् । उनी मोडलका साथै टिभी होस्ट हुन् । लुलिया यसअघि विवाहित थिइन् तर उनको सम्बन्ध विच्छेद भइसकेको छ । रातोपाटी बाट


salman-khan-engaged-to-lulia-vantur

तपाईको प्रतिक्रिया