काठमाडौं । भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले भारतीय पुलिस फोर्सकी एक महिला अफिसरमाथि हात उठाएकी छिन् ।भारतीय टेलिभिजन च्यानल पञ्जाब केसरीले यो खबरको पुष्टि गर्दै तृप्ती नामकी नेपाली युवतीले दिल्लीकी महिला प्रहरी कास्टेबललाई थप्पड हानेको भिडियो समेत सार्वजनिक गरेको छ ।
थप्पड खाने महिला प्रहरी अफिसरको नाम खुलाइएको छैन् । समाचार अनुसार नेपाली युवतीको अटो (टेम्पु) वालासँग झगडा परेको थियो । ती अटोवाला तृप्तीलाई लिएर प्रहरी चौकी गए । त्यहाँ पनि विवाद भएपछि तृप्तीले भारतीय प्रहरीकी महिला अफिसरमाथि हात उठाएकी हुन् ।
उनले मदिरा पिएको अनुमान गरिएको छ । उनलाई अहिले मेडिकल चेकजाँचका लागि अस्पताल लगिएको छ । रिपोर्ट आएपछि कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।जुमएनपीबाट








