13292855_597994647035139_1978224610_n

साउदी जेठ २२/पूर्वका युवाहरुको पहलमा साउदी अरबको रियाद शहरमा ब्रोदर हेल्पलाईन अफ नेपाल संस्थाको विस्तार गरिएको छ ।इनरुवा ७ का सुबोध चौहान, झापाका भुपिन कटुवाल र बाराका बिमल बजगाईको संयुक्त पहलमा एक वर्ष अघि स्थापित सो संस्थाको विस्तार गरिएको हो ।बाल शिक्षालाई प्रमुख उद्येश्य बनाई क्रियासिल सो संस्थाले नेपालका विपन्न, गरिब तथा पिछडिएको बालबालिकाका लागि शिक्षामा पहुँच लागयतमा विभिन्न खाले सहयोग उपलब्ध गराउँदै आएको छ ।

रोजगारीका क्रममा साउदी पुगेका नेपाली युवाहरुको पहलमा ब्रोदर हेल्प लाइन अफ नेपाल गठन गरिएको हो । संस्थाले नेपालका विभिन्न भेगमा बालबालिका,असहाय, अशक्तहरुका लागि अनुदान उपलब्ध गराउँदै आएको छ । संस्थाले गरिवहरुका लागि लुगाफाटा समेत वितरण गर्दै आएको संस्थाका संथापक तथा सल्लाहकार सुबोध चौहानले बताए । संस्थाले अन्य मुलुकहरुमा समेत प्रतिनीधि तथा सदस्य विस्तारको क्रम थालिसकेको चौहानले बताए । सुरुवाती अवस्थामा संस्थाको आकार र सदस्यहरुको संख्या सानो भएपनि काम गर्ने दौरानमा विश्वसनियता बढ्दै जाँदा पछिल्लो समय संस्था विस्तारीकरणमा लागि परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia