काठमाडौं । बेलायतका दुई जना अधिकारी नेपालको चारदिने औपचारिक भ्रमणमा मंगलबार काठमाडौं आएका छन् ।
बेलायती विदेश मन्त्रालयका पर्मानेन्ट अन्डर सेक्रेटरी सर साइमन म्याकडीनाल्ड र बेलायती अन्तार्राष्ट्रिय विकास मन्त्रालयका पर्मानेन्ट सेक्रेटरी मार्क लोकक काठमाडौं आएका हुन् ।
लगानी बोर्डको सुदृढीकरणका लागि सहयोग गर्न बेलायत तयार रहेको बेलाती अधिकारीहरुले बताए । मन्त्री पौडेलले नयाँ संविधान जारी भएसँगै नेपाल आर्थिक विकासको मार्गमा अघि बढेको र बेलायतको सहयोग महत्वपूर्ण हुने बताए ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।








